झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देविन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। चम्लागाईं ७१४८ मत ल्याउँदै निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४३६१ मत ल्याएका छन्।
राजवंशी अघिल्लो निर्वाचनमा कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए। त्योबेला उनले एमालेका लक्ष्मण पाठकलाई हराएका थिए।
तर यसपटक भने माओवादीसँग गठबन्धन गर्दा पनि राजवंशी पराजित भएका छन्।
उपाध्यक्षमा पनि एमालेकै शान्तादेवी शिवाकोटी विजयी भएकी छन्। उनले ६६३६ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी कमला राजवंशीले ४१९५ मत पाएकी छन्। अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पनि कांग्रेसकै रत्नाकुमारी राजवंशी विजयी भएकी थिइन्। तर यसपटक उपाध्यक्षमा पनि कांग्रेसले हार व्यहोरेको छ।