सुर्खेतको लेकवेशी नगरपालिकामा बहुमत सदस्यसहित नेपाली कांग्रेसले मेयरमा जितेको छ।
नेपाली कांग्रेसका उमेशकुमार पौडेल ६६३९ मत ल्याएर लेकवेशीमा मेयरमा निर्वाचित भएका हुन्।
एमालेबाट मेयर उठेका देवबहादुर रानाले ६३७४ मत ल्याएका छन्। माओवादीबाट उम्मेदवार बनेका रामबहादुर चर्पाले ८०४ मत ल्याएका छन्।
लेकवेशीको उपमेयरमा भने एमालेकी विमला खड्लुक निर्वाचित भएकी छन्।
उनले ६१०९ मत ल्याएकी छन्। उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देउकली थापा मगरले ५४४० मत ल्याएकी छन्।
लेकवेशी नगरपालिकाका ११ वडामध्ये नेपाली कांग्रेसले ८ वडामा अध्यक्ष जितेको छ। वडा नम्बर १, २, ३, ४, ६, ८, ९ र १० मा नेपाली कांग्रेसले जितेको छ भने ५ र ७ मा नेकपा एमालेले वडा अध्यक्ष जितेको छ।