रुपन्देहीको कंचन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
अध्यक्षमा नवराज ढकाल र उपाध्यक्षमा मौसमी थापा मगर निर्वाचित भएका हुन्।
अध्यक्ष ढकालले ९०८५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका दिनानाथ आचार्यले ७८४५ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा कांग्रेसकी मगरले ९१९४ मत ल्याएकी छन्। उनले एमालेकी ओमकली राहादीलाई हराएकी हुन्। ओमकलीले ७६९९ मत प्राप्त गरेकी छन्।
यसअघिको निर्वाचनमा पनि कांग्रेसबाटै डोलबहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए।
उनले एमालेका गोकर्णबहादुर क्षेत्रीलाई पराजित गरेका थिए।
उपाध्यक्षमा भने अघिल्लोपटक एमालेकी गोम तरामु विजयी भएकी थिइन्।