काठमाडौं महानगरपालिकामा केही समयअघि २९ नम्बर वडाको मतगणना सुरू भएको छ। यसअघि ३, ४, ५, ६, ३०, ३१ र ३२ को गणना भइरहेकामा २९ को पनि सुरू भएको हो।
योसहित काठमाडौंका ३२ मध्ये १० वडाको मतगणना भइरहेको भएको छ। यसमध्ये वडा नम्बर १ र २ को भने मतगणना भइसकेको छ।
वडा नम्बर २९ मा पनि अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाह नै अगाडि देखिएका छन्।
अहिलेसम्म बालेनले १४८ मत पाएका छन्। यसमा एमालेका केशव स्थापितले ९३ मत मात्र पाएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२५ मत पाएकी छन्।
यसअघि गणना भइरहेका र गणना भइसकेका वडामा पनि बालेन नै अगाडि छन्।
पछिल्लो विवरणअनुसार बालेनले १३७६१ मत पाएका छन् भने स्थापितले ७३७७ मत पाएका छन्। सिर्जनाले ६५३५ पाएकी छन्।
काठमाडौंमा अहिलेसम्म ३७ हजार बढी मत गणना भइसकेको छ।
वार्ड | बालेन शाह | सिर्जना सिंह | केशव स्थापित |
१ | ७८३ | ४५१ | ३६५ |
२ | १२१५ | ४९७ | ७२८ |
३ | २११५ | १०४८ | १०७७ |
४ | २५२४ | ९९९ | १२९५ |
५ | १३२९ | ६७६ | ९६८ |
६ | १०४५ | ७१६ | ५७९ |
२९ | १४८ | १२५ | ९३ |
३० | ३७३ | १६९ | १३१ |
३१ | १५११ | ८५४ | ८८१ |
३२ | २७१८ | १००० | १२६० |
जम्मा | १३७६१ | ६५३५ | ७३७७ |