इलामको सूर्योदय नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका रनबहादुर राईले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार राईले ५५८६ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका काजी मान कागतेले ४६५६ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा भने कांग्रेसका दुर्गाकुमार बरालले ५२१२ मतसहित अग्रता कायम गरेका छन्।
उनले एमालेकी दुर्गादेवी भट्टराईलाई पछि पारेका हुन्। भट्टराईले ४१३६ मत पाएकी छन्।
सूर्योदयमा कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल रहेको छ।
यो पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको क्षेत्र पनि हो।
यसअघिको निर्वाचनमा सूर्योदयमा एमालेका रनहादुर राई अध्यक्षमा निर्वाचित भएका थिए।
राई एमाले विभाजित भएसँगै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। यसपालि उनै राई मेयरमा उठेका छन्।