जनकपुर उपमहानगरमा स्वतन्त्र मेयर उम्मेदवार मनोज शाहले आफ्ना प्रतिस्पर्धी एमालेका शिवशंकर शाहलाई झण्डै दोब्बर मतले पछि पारेका छन्।
उनी नेपाली कांग्रेसबाट मेयरका दाबेदार थिए। तर सत्ता गठबन्धनले जसपालाई मेयर उम्मेदवार दिएपछि उनी स्वतन्त्रमा उठेका थिए।
पछिल्लो मतगणना अनुसार जनकपुरधाम उपमहानगरका स्वतन्त्र मेयर उम्मेदवार शाहले ३९१० मत ल्याएका छन्।
यो मत एमाले मेयर उम्मेदवार शाहको भन्दा १९६९ बढी हो।
एमालेका मेयर उम्मेदवारले १९४९ मत ल्याएका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले भने १०४७ मत पाएका छन्।