भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग मतान्तर बढाउने क्रम जारी राखेकी छन्। पछिल्लो विवरण अनुसार रेनुले विजय सुवेदी ७०४ मतले पछि पारेकी छन्।
२३ हजार ८५ मत गनिसक्दा रेनुले ८०४२ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ७३३८ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३७९३ मत पाएका छन्।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ९६९७ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ६०३४ मत ल्याएर पछ्याइरहेकी छन्।
भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ।
भरतपुरमा अहिले वडा नम्बर ६ को मत गणना भइरहेको छ।