भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन्। पछिल्लो विवरण अनुसार रेनुले विजय सुवेदी ६०१ मतले पछि पारेकी छन्।
२२ हजार ६८६ मत गनिसक्दा रेनुले ७८५७ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ७२५६ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३७३९ मत पाएका छन्।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ९४७९ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ६००० मत ल्याएर पछ्याइरहेकी छन्।
भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ।
भरतपुरमा अहिले वडा नम्बर ६ को मत गणना भइरहेको छ।