बर्दियाको मधुवन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजबहादुर भाट विजयी भएका छन्। उनले ८७७५ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले ७९३१ मत पाएका छन्। यस्तै एमालेका धर्मराज थापा ५८०७ मतसहित तेस्रो स्थानमा छन्।
उपाध्यक्षमा पनि कांग्रेसकै अनिता चौधरी विजयी भएकी छन्। उनले ८३३५ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी सुभद्रा थारूले ७८९९ मत प्राप्त गरिन्। यस्तै, एमालेकी सम्झना विक ६०६४ मतसहित तेस्रो भइन्।
यसअघिको निर्वाचनमा भने माओवादी केन्द्रका गणेशबहादुर क्षेत्री निर्वाचित भएका थिए। उपाध्यक्षमा पनि माओवादीकै सुवरानी थारू निर्वाचित भएकी थिइन्।