काठमाडौंको शङ्खरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका पराजित गर्दै उनले विजय हासिल गरेका हुन्।
निर्वाचन आयोगका अनुसार नापितले ४७०० मत ल्याउँदा समाजवादीका उम्मेदवारले लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याएका छन्।
यो पालिकामा कांग्रेस र समाजवादीबीच गठबन्धन थियो।
उपमेयरमा कांग्रेसकी समिता श्रेष्ठले ६३६२ मत प्राप्त गर्दै जित हासिल गरिन्। राप्रपाकी विजय कुमारी वाईवाले ३२९८ मत ल्याएर दोस्रो भइन्।
०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो।
शङ्खरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्न सफल भएको छ।
वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानलसहित जितेका छन्।