डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।
मेयरमा एमालेका जनचन्द्र रोकाया २२०४ मत ल्याएर विजयी भएका छन्। उनीसँग पराजित नेपाली कांग्रेसका मेयरका उम्मेदवार चन्द्रलाल धरालाले १५९६ मत ल्याएका छन्।
उपमेयरमा पनि एमालेकै देवी घर्तीले १८५६ मत ल्याएर विजयी भएकी छन्। उपमेयरमा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार काली चलाउनेले १२९० मत ल्याएका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा त्रिपुरासुन्दरीमा एमाले नै निर्वाचित भएको थियो।