बाराको जितपुर-सिमरा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार राजन पौडेलले मेयरमा अग्रता लिएका छन्। माओवादी केन्द्रका पौडेलले १४०७७ मत ल्याएर अग्रता लिएका हुन्।
मेयरका निकटम प्रतिद्वन्दी एमालेकी सरस्वतीदेवी चौधरीले १३०५१ मत ल्याएकी छिन्।
उपमेयरमा भने एमालेका भोलाप्रसाद अधिकारीको अग्रता रहेको छ। एमालेका अधिकारीको १३३४३ मत रहेको छ। उनले गठबन्धनका मेघा शाहीलाई पछि पारेका छन्। कांग्रेसकी शाहीको १२५२९ मत रहेको छ।
जितपुर-सिमरामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल रहेको छ।
यसअघिको निर्वाचनमा जितपुर-सिमरामा एमालेका कृष्णप्रसाद पौडेल विजयी भएका थिए। उनले अहिले अग्रता लिएका माओवादीका राजन पौडेललाई पराजित गरेका थिए।