पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १७५० मतले पछि पारेका छन्।
मंगलबार साँझसम्म २८१६० गणना हुँदा धनराज आचार्यले ११८१२ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार कृष्ण थापाले १००६२ मत ल्याएका छन्।
मेयरमा राप्रपाबाट शंकर खरालले १२७१ मत पाउँदा स्वतन्त्र उठेका गनेश पौडेलले ६६९ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले १२१३० मतसहित अग्रता कायम गरेकी छिन्।
एमालेका मञ्जुदेवी गुरूङले ११४८३ मत सहित पछ्याइरहेकी छिन्।