धादिङको धुनीबेसी नगरपालिका गठबन्धनतर्फबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार बालकृष्ण आचार्य विजयी भएका छन्। उनले ८७०६ मत प्राप्त गरे।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामराजा पाण्डेले ६५९२ मत प्राप्त गरे।
उपमेयरमा कांग्रेसका सुरज उप्रेती विजयी भएका छन्। उनले ८३८७ मत प्राप्त गरे। एमालेकी मन्दीरा श्रेष्ठले ६४७० मत ल्याइन्।
२०७४ को निर्वाचनमा एमालेले जितेको यो नगरपालिकामा एमाले यसपटक ९ वटा वडाकै वडा अध्यक्षमा पनि पराजित भएको छ।
कांग्रेस-माओवादी-समाजवादी गठबन्धनका कारण एमाले चार जना वडा सदस्यमा मात्र सीमित बनेको छ।