जुम्लाको तातोपानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन्।
२ हजार ४९१ मत ल्याएर चौलागाईं अध्यक्षमा निर्वाचित भएका हुन्।
एमालेबाट अध्यक्षका उम्मेदवार सुरतबहादुर शाहीले २ हजार २५ मत ल्याएका छन् भने माओवादीका उम्मेदवार वीरबहादुर कुँवरले १ हजार ९१६ मत ल्याएका छन्।
तातोपानीको उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी रेवती रावल निर्वाचित भएकी छन्। उनले १ हजार ८०९ मत ल्याएकी छन्।
कांग्रेसबाट उम्मेदवार बिन्दु अधिकारीले १ हजार ५२३ मत ल्याएकी छन्।