कलैया उपमहानगरपालिकामा नेकपा एमालेका विनोदप्रसाद शाहले तीन हजार बढी मतको अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार शाहले ८२६६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका राजेश राय यादवले ५१४६ मत प्राप्त गरेका छन्।
उपमयेरमा भने जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताको अग्रता छ। उनले ६१७७ मत पाएका छन्।
उनका प्रतिस्पर्धी एमालेकी रौशन परविनले ५५२३ मत प्राप्त गरेकी छन्।
कलैयामा कांग्रेस र जनसाबीच चुनावी तालमेल रहेको छ।
अघिल्लो निर्वाचनमा कलैयामा कांग्रेसका राजेश राय यादव विजयी भएका थिए।
उनले यसपालि अग्रता लिइरहेका एमालेकै विनोदप्रसाद शाहलाई हराएका थिए।
तर यसपटक भने यादव गठबन्धन गर्दा पनि शाहसँग पछि परेका छन्।