बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ।
अध्यक्ष पदमा एमालेका चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की विजयी भएका छन्।
नेपाली कांग्रेसका देवराज जोशीलाई पछि पार्दै कार्की विजयी भएका हुन्।
कार्कीले ४ हजार ९१७ मत ल्याउदा उनका निकटतम् प्रतिस्पर्धी जोशीले ४ हजार ९१ मत ल्याए।
यस्तै, उपाध्यक्ष पदमा एमालेकै पार्वती ऐरी कार्की विजयी भएकी छन्।
उनले माओवादी केन्द्रका नवराज भट्ट (कुसुम) लाई पराजित गरेकी हुन्।
कार्कीले ४ हजार ७८४ मत ल्याउँदा भट्टले ३ हजार ६४१ मत ल्याएकी हुन्।
दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको हो।
२०७४ स्थानीय तहको निर्वाचनमा पनि सो पालिकामा एमालेले नै जित निकालेको थियो। अध्यक्षमा कार्की र उपाध्यक्षमा ऐरी कार्की पुनः दोहोरिएका हुन्।