कैलालीको गाेदावरीमा निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप फेलापछि राेकिएकाे मतगणना फेरि सुरू भएको छ।
नगरपालिकाकाे निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप फेला परेपछि एमालेले विराेध जनाएको थियाे।
साे विषयमा सर्वदलीय बैठक बसेर विवाद मिलाइएपछि राेकिएकाे मत गणना कार्य पुन: सुरू भएको हाे।
बैठकमा स्वस्तिक छाप भेटिएको मुचुल्का बनाउँदै यस प्रकारकाे गतिविधि नगर्ने विषयमा सबै दल सचेत हुने सहमति भएपछि विवाद मिलेकाे निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए।