कैलालीको गोदावरी नगरपालिकाकाे मत गणनास्थलमा स्वस्तिक छाप फेला परेपछि गणना राेकिएकाे छ।
मत परिणामको तथ्यांक रूजु गर्ने कोठामा स्वस्तिक छाप फेला परेकाे हाे।
स्वस्तिक छाप फेला परेपछि नेकपा एमालेले विरोध जनाएकाे छ। विराेधका कारण गणना स्थगित भएको हो।
गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले समेत मत गणनास्थलमा स्वस्तिक छाप कहाँबाट कसरी आयाे भन्नेबारे जानकारी नभएको बताए।
उनले यस विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको जानकारी दिए।
एमालेले सत्तारूढ गठबन्धनले चुनावमा धाँधली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप लगाएको छ।