डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बाजी सिंह खड्का ५ हजार १३८ मतसहित विजयी भएका छन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गरे। अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार खगेन्द्र बहादुर साउँद (केबी) ले १ हजार ९८३ मत मात्रै गरे।
यस्तै, नगर उपप्रमुखमा कांग्रेसकै कलावती महर (साउँद) ४ हजार ७६८ मतसहित विजयी भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गरे।
यस्तै, अर्काे प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार ऐश्वर्या भण्डारी (विष्ट) ले ५ सय ७८ मत प्राप्त गरे।