धनकुटा नगरपालिकाको मेयरमा नेकपा एमालेका चिन्तन तामाङ विजयी भएका छन्।
कांग्रेस-माओवादी गठबन्धनतर्फबाट कांग्रेस उम्मेदवार दिनेश राईलाई पछि पार्दै तामाङ मेयरमा निर्वाचित भएका छन्।
तामाङले ७६६६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
निकटतम प्रतिद्वन्द्वी राई १४ मतले पछि परे। राईले ७६५२ मत प्राप्त गरे।
उपमेयर पनि एमालकै भीमादेवी खनाल निर्वाचित हुन सफल भइन्। उनले ७१९६ मत प्राप्त गरिन्।
माओवादी केन्द्रका उपमेयर उम्मेदवार गणेशबहादुर विष्टले ६६२९ मत प्राप्त गरे।