सुनसरीको धरानमा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ र एमाले उम्मेदवार मन्जु भण्डारीबीच दोस्रो र तेस्रो हुने क्रम जारी छ।
सोमबार अबेरसम्म दोस्रोमा रहेकी भण्डारी आज बिहान तेस्रो हुँदा हर्क दोस्रोमा उक्लिएका थिए। भर्खरै सार्वजनिक नतिजामा हर्क तेस्रो र भण्डारी फेरि दोस्रोमा उक्लेकी छन्।
अहिलेसम्म धरानको १००६१ मत गणना हुँदा गठबन्धनका किशोर राई मेयरमा ५४८० मतसहित अग्रता लिइरहेका छन्। एमाले उम्मेदवार भण्डारी ४८०५ मतसहित दोस्रोमा हुँदा हर्कले ४७९६ मत पाएका छन्।
उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघाले ६०९९ मतसहित अग्रता कायम राख्दा एमाले उम्मेदवार पदम इस्बो लिम्बू ५८५७ मतसहित उनलाई पछ्याइरहेका छन्।