पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा रहेको नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकाको एक वडामा जित हासिल गरेको छ।
नगरपालिकाको ९ नम्बर वडा अध्यक्षमा सुशासन पार्टीका नौसाद आलम विजयी भएका छन्। उनले ८७७ मतसहित जित हात पारेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबाबु प्रसाद चौहानले ६७८ मत प्राप्त गरे।
यो वडामा दुई सदस्य, महिला र दलित महिला सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन्।
१० वटा वडा रहेको यो नगरपालिकामा अहिलेसम्म एमालेका प्रदुमन प्रसाद चौहानले २९५७ मत ल्याएर अग्रता लिइरहेका छन्।
उनलाई सुशासन पार्टीका शंकर राउत अहिरले २२१६ मतसहित पछ्याइरहेका छन्।
अधिकांश वडामा उम्मेदवारी दिएको सुशासन पार्टीका उम्मेदवार वडा नम्बर दुईमा पराजित भएका छन्।
वडा नम्बर दुईमा एमालेका केदार महतोले ५८४ मतसहित निर्वाचित हुँदा सुशासन पार्टीका सुरेन्द्रप्रसाद यादवले ४१८ मत प्राप्त गरे।