चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउन थालेकी छन्।
पछिल्लो अपडेटमा उनी ५९ मतले अगाडि देखिएकी छन्। १७८४६ मत गणना सकिँदा रेनुले ५९४७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ५८८८ मत ल्याएका छन्।
बागी उम्मेदवार जगन्नाथ पौडेलले २९०५ मत पाएका छन्।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ७२५७ मत पाएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले ४८२२ मत पाएकी छन्।
वडामा भने कांग्रेसले अग्रता लिएको छ। अहिलेसम्म उक्त वडामा ६१६ मत गणना हुँदा कांग्रेसले २८३ र एमालेले २६९ मत पाएका छन्।
मतगणना जारी छ।