काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापाले अग्रता कायमै राखेकी छिन्।
थापाले ७८९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्।
अहिलेसम्म टोखामा १९ हजार ६ सय १२ मत गणना भइसकेको छ।
रजनीलाई एमालेका प्रकाश अधिकारीले पछ्याइरहेका छन्। अधिकारीले ७५६४ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसका मुरारी तामाङले अग्रता लिएका छन्। उनले ७८९८ मत प्राप्त गरेका छन्।
उनलाई एमालेकी ज्ञानमाया डंगोलले ७०९६ मत ल्याएर पछ्याइरहेकी छिन्।
११ वटा वडा रहेको यो नगरपालिकामा अहिलेसम्म ८ वटा वडाको मतगणना सकिएको छ।
अहिले वडा नम्बर ९, १० र ११ को मत गणना भइरहेको निर्वाचित अधिकृत शर्माले जनाकारी दिइन्।
मतगणना सकिएका ८ वडामध्ये एमालेले ६ वटामा वडा अध्यक्ष जितेको छ। कांग्रेसले भने २ वडा अध्यक्षमा मात्र जित हासिल गरेको छ।
कांग्रेसले अहिलेसम्म १ र ६ नम्बर वडा जित्दा बाँकी वडा एमालेले जितेको हो।