सुनसरीको इटहरी उपमहानगरमा मेयरमा गठबन्धन उम्मेदवारले अग्रता कायमै राख्दा उपमेयर एमाले उम्मेदवार भन्दा धेरै पछि परेका छन्।
मेयरमा कांग्रेसका हेमकर्ण पौडेल ८२३४ मतसहित अगाडि छन्। उनलाई एमालेका यामकुमार सुब्बाले ६८१० मत ल्याएर पछ्याइरहेका छन्।
उपमेयरमा एमालेकी संगीता चौधरीले ७५६४ मतसहित अग्रता कायम राख्दा गठबन्धनका एकीकृत समाजवादी उम्मेदवार केशव बिष्ट ५१०४ मत ल्याएर चौधरीलाई पछ्याइरहेका छन्।
मत गणना जारी छ।