एमाले उम्मेदवारभन्दा पछि परेका धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले एमालेलाइ फेरि उछिनेका छन्।
सोमबार दिनभरिजसो तेस्रो स्थानमा रहेका मेयरका स्वतन्त्र उम्मेदवार साम्पाङ मंगलबार बिहानैदेखि दोस्रो स्थानमा उक्लिएका छन्।
१७४९५ मत गनिसक्दा गठबन्धनका मेयर उम्मेदवार किशोर राई ५१११ मतसहित अग्रस्थानमा छन भने उनलाई ४४५० मत ल्याएर हर्क साम्पाङले पछ्याइरहेका छन्। एमालेकी मन्जु भण्डारी ४४३४ मतसहित तेस्रोमा छन्।
उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघा ५७६० मतसहित अग्रतामा छन भने एमालेका पदम लिम्बू ५३९९ मत ल्याएर बेघालाइ पछ्याइरहेका छन्।
मतगणना जारी छ।