बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले अग्रता कायम राखेको छ।
हालसम्मको मतगणनामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयरमा माओवादी उम्मेदवार राजन पौडेलले १२ हजार ५ सय ४६ मत ल्याएर अग्र स्थानमा छन्।
उनलाई नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले पछयाइरहेकी छन्। चौधरीले ११ हजार ६१२ मत ल्याएकी छन्।
उपमेयरमा भने एमालेका भोलाप्रसाद अधिकारीले अग्रता बनाएका छन्। उनले ११ हजार ८५५ मत ल्याउँदा कांग्रेसकी मेघा शाहीले ११ हजार ५१८ मत ल्याएकी छन्।
मतगणना अहिले जारी छ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जितपुर सिमरामा मेयर र उपमेयर दुबै एमालेले जितेको थियो। त्यतिबेला एमालेबाट मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी भएका थिए।
निवर्तमान उपमेयर चौधरीलाई नै एमालेले मेयरको उम्मेदवार बनाएको हो।