बैतडीको पाटन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार विजयी भएका छन्।
मेयरमा नेपाली कांग्रेसका गौरीसिंह रावल विजयी भएका छन्। रावल एमालेका नारायणसिंह भण्डारीलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्।
रावलले ६ हजार ८ सय ६९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिष्पर्धी भण्डारीले ५ हजार २ सय ९० मत ल्याए।
यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका कमलसिंह बोहरा (अपि) विजयी भएका छन्।
उनी एमालेकी हरू भट्टलाई पराजित गर्दै उपमेयरमा विजयी भएका हुन्।
उनले ५ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी भट्टले ५ हजार ४ सय २७ मत ल्याइन्।
पाटन नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर चुनाव लडेका थिए भने एमाले एक्लै चुनाव लडेको हो।
यो प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सुदूरपश्चि प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीको गृह पालिका हो।
अघिल्लो पटक पाटनमा कांग्रेस पूर्वमन्त्री समेत रहेका केशव चन्दले प्रमुख जितेका थिए। उपप्रमुखमा पनि कांग्रेसले नै जितेकाे थियाे।