नेकपा एमालेले ओखलढुंगाको मोलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ।
एमालेका उम्मेदवार उत्तम राईले ४०५२ मतसहित अध्यक्ष जितेका हुन्।
उनले नेपाली कांग्रेसका राजनकुमार दाहाललाई हराए। दाहालले ३४६२ मत ल्याएका थिए।
यहाँ उपाध्यक्षमा पनि एमाले उम्मदेवार विजयी भए। उपाध्यक्षमा ४२०० मतसहित उर्मिला खतिवडा निर्वाचित भइन्।
नेकपा माओवादी केन्द्रका कुलबहादुर खत्री उपमेयरमा पराजित भए। उनले २०९६ मत पाएका छन्।
यहाँ कांग्रेस-माओवादीबीच चुनावी गठबन्धन भएको थियो।