भरतपुर महानगरपालिकामा ४ वटा वडाको मतगणना सकिएको छ। मंगलबार बिहान चार बजेसम्म १७०३४ मतगणना हुँदा सत्ता गठबन्धनबाट मेयर उम्मदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ३० मतले अघि छन्।
उनले ५७१८ मत पाएकी छन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ५६८८ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल २७८८ मत पाएका छन्।
उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले ६९८२ मत पाएका छन् भने राप्रपा-एमाले गठबन्धनकी हिमला गुरूङले ४६२८ मत ल्याएकी छन्।
चार नम्बरको वडा अध्यक्षमा कांग्रेसका अर्पण पोखरेल विजयी भएका छन्। उनले २५३० मत पाए भने एमालेका भानुभक्त सापकोटाले १६३३ मत पाए।
यसअघि केहीबेर विवादका कारण रोकिएको भरतपुरको मतगणना केहीबेर फेरि सुचारू हुँदैछ। अब वडा नम्बर ५ को मत गणना हुनेछ।