दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश कुमार शाही निर्वाचित भएका छन्।
शाहीले ४०७० मत ल्याउँदा उनका निकटतम प्रविद्धन्द्धी नेकपा एमालेका सूर्य बहादुर शाहीले ३९९२ मत प्राप्त गरेका छन्।
त्यसैगरि नगर उपप्रमुख नेपाली कांग्रेसका मनसरा कुमारी शर्माले ४०३८ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रविद्धन्द्धी नेकपा एमालेका नन्दा कुमारी विष्टले ३९९६ मत प्राप्त गरिन्।
मेयरमा निर्वाचित शाही गठबन्धन गर्ने सत्ता गठबन्धन दलको निर्णय नमानेर मेयर उठेका थिए। उनी कर्णाली प्रदेशका कानुन मन्त्री हिमबहादुर शाहीका छोरा हुन्।