सत्तागठबन्धनका संयुक्त उम्मेदवारले धादिङको रूवी भ्यालीमा राप्रपालाई हराएका छन्।
सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राम सिंह तामाङ रूवी भ्यालीको अध्यक्ष निर्वाचित भएका हुन्।
उनले २७१२ मत ल्याएका छन्।
यहाँ राप्रपाका उम्मेदवार गोम्बा घले पराजित भए। उनले २५९७ मत ल्याएका छन्।
उपाध्यक्ष पदमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन्। उनले २९०३ मत ल्याए। यहाँ राप्रपाकी उम्मेदवार धनकुमारी तामाङ २१३२ मतसहित पराजित भइन्।
यो राप्रपाको पकड भएको क्षेत्र थियो।