नेकपा (एकीकृत समाजवादी) ले हालसम्म चार गाउँपालिका अध्यक्षमा जित हात पारेको छ। सत्ता गठबन्धन दलसमेत रहेको सो दलले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म चार स्थानमा विजयी भएको हो।
पछिल्लो मतपरिणाम अनुसार सल्यानको कपुरकोट गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ।
यसअघि छार्का डोल्पाको ताङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ र काईके गाउँपालिकाको अध्यक्षमा अंगद कुमार राना निर्विरोध निर्वाचित भइसकेका थिए ।
नेकपा (एस)ले देशभर प्रमुखमा १७ स्थानमा अग्रता लिएको छ । ९ पालिकामा उपप्रमुखमा विजयी भएको छ भने १६ स्थानमा अग्रता लिएको छ ।
पालिका प्रमुख जितेको
- उदयपुर- उदयपुरगढी गाउँपालिका- मानबहादुर केप्छाकी मगर
- डोल्पा- छार्का ताङसोङ गाउँपालिका- सेनाङ गुरूङ
- सल्यान-कपुरकोट गाउँपालिका-सेनाम गुरूङ
- डोल्पा- काइके गाउँपालिका- अंगदकुमार राना
पालिका उपप्रमुख जितेको
- उदयपुर- उदयपुरगढी गाउँपालिका-हरि बहादुर लुङ्गेली
- ताप्लेजुङ-मैवाखोला गाउँपालिका-दुर्गा प्रसाद श्रेङ चङ्वाङ
- दैलेख-भगवतीमाई गाउँपालिका-गंग बहादुर शाही
- प्यूठान-प्यूठान नगरपालिका-धन बहादुर बोहरा
- खोटाङ-साकेला गाउँपालिका-भुबल राज राई
- संखुवासभा-पाँचखपन नगरपालिका-सुमुना श्रेष्ठ
- संखुवासभा-सभापोखरी गाउँपालिका-लक्ष्मि चापागाई