ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ।
नेपाली कांग्रेसका उम्मेदवार गणेश केसीले एमाले उम्मेदवारलाई हराएर अध्यक्ष जितेका हुन्।
केसीले ३४५५ मत पाए भने उनकी निकटतम प्रतिष्पर्धी एमालेकी कमला लामा तामाङले २८८७ मत ल्याइन्।
उपाध्यक्षमा भने सत्ता गठबन्धनका तर्फबाट माओवादीले जितेको छ। माओवादीकी डोल्मा माया गोलेले ३१५२ मतसहित जित हात पारेकी हुन्। उपाध्यक्षमा एमालेका पुरूषोत्तम हुमागाई २७८७ मत ल्याएर दोस्रो भए।