काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार उपमेयरमा सुनिता डंगोलले ७ हजार ८ सय ३० मत प्राप्त गरेकी छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार २ सय २० मत पाएका छन्।
श्रेष्ठलाई सुनिताले ५ हजार ६ सय १० मतले पछाडि छोडेकी छन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता लिइरहेका छन्।