इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका राजेन्द्र केरूङ ६ हजार ६५० मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका ओमनारायण खनालले तीन हजार ७५५ मत पाएका छन्। एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत पाए।
यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भइन्। उनले ४४५० मत पाएकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका शुक्रबबहादुर लावती भने पराजित भएका छन्। उनले ३४४२ मत पाइन्।