स्थानीय तह निर्वाचनमा बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टीले जितेको छ।
यस गाउँपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार शम्भुप्रसाद यादव विजयी भएका हुन्। यादवले ५,५९८ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भुनेश्वर धामीलाई २,१९८ मतान्तरले पराजित गरेका हुन्। पराजित भुनेश्वर धामीले ३,४०० मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा ५ हजार ४३९ मतसहित सुनैनाकुमारी चौधरी विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखाकुमारी चौधरीले ३ हजार १ सय७२ मत ल्याएकी छन्।