लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला विजयी भएका छन्।
उनले ६६४१ मत ल्याएका छन्।
कोइरालाले नेकपा एमालेका उम्मेदवार भिमबहादुर गुरूङलाई हराएका हुन्। उनले ६ हजार ३६ मत ल्याएका थिए।
यहाँ उपमेयर भने नेकपा एमालेका उम्मेदवारले जितेका छन्। भवानी केसीले उपमेयर जितेकी हुन्।
यहाँ सत्तागठबन्धनबाट कांग्रेसका कोइराला मेयरका उम्मेदवार थिए।