पोखरामा नेकपा एकीकृत समाजवादीले अग्रता फराकिलो पार्दै गएको छ।
हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ६५७९ मत पाएका छन्।
उनलाई नेकपा एमालेका कृष्ण थापाले ५७८४ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै राप्रपाका शंकर खरालले ७६६ मत पाउँदा स्वतन्त्र उम्मेदवार गनेश पौडेलले १८५ मत ल्याएका छन्।
यस्तै उपमेयरतर्फ पनि सत्ता गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन्।
नेपाली कांग्रेसकी कोपिला रानाभाटले ६७३४ मत पाएकी छन् भने एमालेकी मञ्जुदेवी गुरूङले ६५८९ मत पाएकी छन्।
राप्रपाकी रञ्जनाकुमारी सेनले ६८५ मत पाएकी छन्।