चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरू भएको छ।
सत्तारूढ गठबन्धन दल र एमाले प्रतिनिधिबीच विवाद हुँदा करिब २ घन्टा मतगणना रोकिएको थियो।
कर्मचारीले गणना गर्दा गठबन्धनको सदर भोटलाई बदर गरेको भन्दै गठबन्धनको आग्रहमा कर्मचारी निकाल्न खोजिएको थियो।
एमालेले त्यसको विरोध गर्दै हल्ला गरेपछि मतगणना प्रभावित भएको थियो।
गणक कर्मचारीलाई नराम्रो व्यवहार नगर्ने सहमती भएसँगै गणना सुरू भएको हो।
अहिलेसम्म १६ हजार १३३ मत गणना भएको छ। त्यसमा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले १५ मतले अग्रता लिएकी छन्।