बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले ३ हजार ६ सय १ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका प्रदीप थापाले २ हजार २ सय ३२ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलिप कुमार पुन निर्वाचित भएका छन्। पुनले ३ हजार ६ सय ८२ मत प्राप्त गर्दा नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले १ हजार ९ सय ५५ मत प्राप्त गरेकी छिन्।
यसअघि पनि शर्माले अध्यक्ष जितेका थिए।