विवादपछि मतगणना स्थगित भएको भरतपुरमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।
सत्तारूढ गठबन्धनका प्रतिनिधिहरूले एक जना कर्मचारीले गठबन्धनका पक्षमा आएको सदर मतलाई पनि बदर भएको भन्दै विरोध गरेका छन्।
गठबन्धन दलका प्रतिनिधिले ती कर्मचारीबारे प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई गुनासो गरेका थिए। प्रजिअ तामाङले ती कर्मचारीलाई बोलाएर दायाँबायाँ नगर्नू नत्र तपाईंलाई यहाँ राख्न सकिन्न भनेका थिए।
राष्ट्रिय जनमोर्चानिकट ती कर्मचारीले सिडिओले भनेको कुरा एमाले प्रतिनिधिलाई सुनाएका थिए। त्यसपछि एमाले प्रतिनिधि होहल्ला गरेका थिए।
एक घन्टादेखि रोकिएको मत गणना सुचारू गर्न सर्वदलीय बैठक बसेको हो।