बुटवल उपमहानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनका मेयर उम्मेदवारले निरन्तर अग्रता कायम गरेका छन्।
कांग्रेसका खेलराज पाण्डेले अहिलेसम्म ७७०२ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईले ४९९९ मत ल्याएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवार सावित्रादेवी अर्यालले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चिनबहादुर गुरूङलाई पछि पारेकी छन्।
अर्यालले ५६२६ मत पाउँदा गुरूङले ४४२८ मत पाएका छन्।
मत गणना जारी छ।