सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ।
कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजकुमार महतोले हालसम्मको गणनामा २ हजार ३ सय १६ मतसहित अग्र स्थानमा छन्।
उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महेन्द्र महतोले पछयाइरहेका छन्। उनले १ हजार ५२१ मत प्राप्त गरेका छन्।
दोस्रो पटक अध्यक्षमा उठेका महेन्द्र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका दाजु हुन्।
अध्यक्ष महतोकै घर पर्ने चन्द्रनगर गाउँपालिका–२ स्थित बबरंजमा वडामा पनि लोसपा पराजित भएको छ।
यहाँ कांग्रेसका शम्भुप्रसाद साह निर्वाचित भएका छन्।
उनले ६ सय १२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साहले ५ सय ४४ मत मात्र ल्याउन सकेका छन्।