काठमाडौंमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन्।
उनले आठ हजार २४८ मत पाएका छन्।
उनका निकटम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मेयर उम्मेदवार केशव स्थापितले ४ हजार ३४२ मत पाएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३ हजार ७८१ मत पाएकी छन्।
शाह र स्थापितबीच ३ हजार ९०६ मतको अन्तर छ। शाह र सिंहबीच भने ४ हजार ४६७ मत छ।
स्थापित र सिंहबीच भने जम्मा ५६१ मतको मात्रै अन्तर छ। अहिले वडा १ र २ नम्बरको वडामा मतगणना सकिइसकेको छ।
यी दुबै वडामा बालेन शाहको अग्रता छ।
अरू ३, ४, ५, ६, ३१ र ३२ मा गणना भइरहेको छ। यी वडाहरूमा पनि अहिलेसम्म शाहले नै अगाडि छन्।