तेह्रथुमको लालीगुराँस नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत जनप्रतिनिधि नेपाली कांग्रेसका निर्वाचित भएका छन्।
मेयरमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन माबोहाङ ५ हजार १३९ मत प्राप्त गरी विजयी भएका हुन्।
माबोहाङले प्रतिद्वन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई पराजित गरेका छन्। सेनेले ३ हजार ३४४ मात्र प्राप्त गरे।
उपमेयरमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाले ३ हजार ५९४ मत प्राप्त गरिन्।
कांग्रेसले लालीगुराँस नगरपालिकाको २, ३, ४, ७, ८ र ९ नम्बर वडामा विजय हासील गरेको छ। त्यस्तै एमालेले १ र ६ नम्वर वडा र ५ नम्वर स्वतन्त्र उम्मेदवार महेन्द्र लिम्बु विजयी भएका छन्।
०७४ मा पनि यहाँ कांग्रेसले नै मेयर जितेको थियो।