चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र एमाले-राप्रपा गठबन्धनबीच कडा टक्कर देखिएको छ।
१५ हजार ७ सय ३३ मत गणनामा सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादीकी रेनु दाहालले ५२५३ मत ल्याएर अग्रता लिइरहेकी छन्। उनलाई राप्रपा-एमाले गठबन्धनका एमाले उम्मेदवार विजय सुवेदीले ५२४३ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५०१ मत पाएका छन्।
उपमेयरतर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले ६३२७ मत ल्याएर अग्रता कायमै राख्दा एमाले राप्रपाका साझा उम्मेदवार हिमला गुरूङले ४२४४ मत ल्याएर पछ्याइरहेकी छन्।