कैलालीको कैलारी गाउँपालिका -३ नम्बर भर्री गाउँमा नेपाली कांग्रेसबाट सन्तराम चाैधरी विजयी भएका छन्।
चौधरीले १ हजार १२ मत ल्याएर नेकपा माओवादीका कैलाश चौधरीलाई हराउँदै वडा अध्यक्षमा विजयी भएका हुन्।
सन्तराम सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक समेत हुन्।
यसका साथै उनी एथलेटिक्सका राष्ट्रिय खेलाडी हुन्।
पछिल्लो समय उनी गाउँमा भलमन्साकाे काम गर्दै आएका थिए ।