ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा मतपत्र च्यात्न खोजेको आरोपमा नेपाली कांग्रेसका तीन जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा नम्बर ३ को मतगणना भइरहँदा विवाद भएको थियो।
यहाँ कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारको मत बराबर आएपछि फेरि गणना गर्न थालिएको थियो। सोही क्रममा विवाद भएको थियो।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतपत्र च्यात्न खोज्ने तीन जनालाई पक्राउ गरिएको सेतोपाटीलाई बताए। मतगणना स्थलमा अहिले नेपाली सेना पनि खटाइएको छ।